काठमाडौं । बलात्कार एवं हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङको नियन्त्रणमा रहेका राजेन्द्र बोहराले अपराध स्विकारेका छन ।
बुधवार साँझ गाईवस्तुलाई गोठमा घाँस हाल्न हिँडेकी एक १२ बर्षिया बालिकाको बलात्कारपछि आफँैले हत्या गरेको स्विकार गरिसकेको निमित्त प्रमुख जिल्ला अधिकारी राम बहादुर शार्कीले बताए । उनले भने घटनाको थप अनुसन्धान गर्दा बालिकाको जबरजस्तीकरणी गरी हत्या पनि राजेन्द्रले नै गरेको ठहरिएको छ ।
राजेन्द्रले साउन २९ गते घट्ट पिस्न गएको बेला गाउँकै अर्की एक १३ बर्षिया बालिका लाई बलात्कार गरेको भन्दै हिजो बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय बझाङमा जबरजस्तीकरणी सम्बन्धि मुद्घा दर्ता गरेको छ ।
बालिकाको हत्या भएको शिब मन्दिर नजिकै ढेड वर्ष अगाडी एक बालक मृत भेटिएका थिए । मृत भेटिएका बालकको शिर र घाँटीमा चोटपटक लागेको जनाएको छ । गाउँका स्थानियहरुले अहिले सो घटनामा पनि राजेन्द्रलाई नै शंकाको घेरामा राखेका छन ।
मृतक भेटिएका बालकको पनि कानमा लगाएको सुनको मुन्द्रा पनि गायब थियो ।
अब प्रहरीले अनसुन्धान गरी आफ्नो छोराको हत्यारा पनि कानुनी कारबार्हि गर्नुपर्ने मृतक बालकका बुवा शेर बहादुर कामीले बताए । मृत अवस्था छोराको शब भेटिएपछि लडेर मरेको हो कि भनेर सिधै छोराको शव गाडि दिएको उनको भनाइ छ ।
अर्की बालिकाको पनि करणी गरेको जाहेरी प्रहरी कहाँ आएपछि गाउँ भएका अन्य घटनाहरुमा पनि राजेन्द्रको संलग्नता रहेको अनुमान गर्ने गरेका छन् ।
जिल्लामा बलात्कार जस्ता जगन्य अपराधका घटनाहरुको कानुनी उपचार खोज्नुको सट्टा मिलोमतो गर्दा यस्ता घटनाहरु दिन प्रतिदिन दोहोरिँदै गएका छन् ।
प्रहरीले अनुसन्धान गर्दा बालिकाको बलात्कार पछि हत्या घटनामा राजेन्द्र को संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालयका डियसपी रुपक खडकाले बताए ।
उनले भने सो घटनामा अन्य को संलग्न रहेको या नहरेको बारे थप अनुसन्धान कार्य अघि बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया