३२ देशबाट अहिलेसम्म ८१ हजार बढी नेपाल फर्किए

काठमाडौं । विभिन्न ३२ मुलुकबाट ८१ हजार बढी नेपाली स्वदेश फर्किएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जनाएको सीसीएमसीका अनुसार सोमबारसम्मको अध्यावधिक तथ्यांकअनुसार कोरोनाका कारण उडान प्रभावित भएयता उद्धार र नियमित उडानमार्फत ८१ हजार २९६ नेपाली नेपाल फर्किएका छन् ।

स्वदेश फर्किएका मध्ये प्रदेश १ का १४ हजार ७५३ जना रहेका छन् भने प्रदेश २ का १२ हजार १५३, बागमतीका १८ हजार ३१०, गण्डकीका ९ हजार ८१ रहँदा प्रदेश ५ का ११ हजार ६९७, कर्णाली प्रदेशका १ हजार ५३७ र सुदूरपश्चिम प्रदेशका १ हजार ७५१ जना रहेका छन् । यस्तै प्रदेश नखुलाइएका १२ हजार १४ जना रहेको पनि सीसीएमसीको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?