नेपाल राष्ट्र बैंकले थप्यो पुनर्कर्जाको लागि आवेदन दिने म्याद

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन दिने म्याद थप गरेको छ ।

बैंकले असोज १४ गतेसम्मका लागि यसअघि निर्धारण गरेको आवेदन दिने अवधिलाई बढाएर असोज मसान्तसम्म लम्ब्याएको हो ।

बैंकले कोरोना रोकथामका लागि आह्वान भएका लकडाउनलगायतका कारण देखाउँदै समय बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?