बाँकेमा लागुऔषध नियन्त्रणको महाअभियान

नेपालगञ्ज । बाँकेमा लागुऔषध दुर्व्यसन निस्तेज महाअभियान शुरु गरिएको छ । आज नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बाट उक्त अभियान शुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना, नेपालगञ्ज उमपहानगरपालिकाका विभिन्न वडाको सहकार्य र वडा प्रहरी कार्यालयको समन्वयमा महाअभियान शुरु गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

“जिल्लामा लागुपदार्थ नियन्त्रण दिन प्रतिदिन चुनौतिपूर्ण बन्दै गएको र यसको कुलतमा बालबालिका फस्दै गएको अवस्थालाई दुष्टिगत गरी नियन्त्रणको महाअभियान सञ्चालन गरिएको हो”, बाँके प्रहरी प्रमुख रानाले भने । दुर्व्यसनबाट बालबालिकालाई जोगाउन अभिभावकहरुलाई निगरानीकर्ताको जिम्मेवारीसमेत दिइएको बताउदै उनले यो महाअभियानमा सबै पक्षसँग साझेदारी र समन्वय गरिएको छ भने । जिल्ला प्रहरी कार्यालयका अनुसार, बाँकेका ८० प्रतिशत लागुऔषध कारोवारी र दुर्व्यसनका कारण नै चोरी, डाँका, लुटपाट, झैझगडाका अधिकांश घटना हुने गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?