मन्त्रिपरिषद्को पछिल्लो निर्णय सार्वजनिक, के–के निर्णय भए ? (पूर्णपाठ)

काठमाडौं – सरकारले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

लकडाउन खुकुलो जोखिम कम भएर नभइ जीवन र जिविका चलाउन सहज बनाइएको भन्दै सतर्कता अपनाउन सरकारले आग्रह गरेको हो । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोरोना कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न सकिने अवस्था नरहेको बताए । उपत्यका लगायत विभिन्न जिल्लाहरुमा दिनदिनै संक्रमण बढीरहेको अवस्थामा सरकारले सबैले उच्च सतर्कता अपनाएर सहयोग गर्न आग्रह गरे ।

यस्तै सरकारले मापदण्ड विपरित पीसीआर परीक्षणका लागि कसैलाई पनि बाध्य नपार्न आग्रह गरेको छ ।

यस्तै सरकारले ग्रामिण उद्यम तथ आर्थिक विकास आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९ अर्ब ३८ करोड सहुलियत पूर्ण ऋण सहायताका लागि अर्थ मन्त्रालयका सह सचिवको नेतृत्वमा ५ सदस्यी वर्ता टोली गठन गरेको छ । यस्तै एसियाली विकास बैंकबाट प्राप्त हुने १८ अर्ब ऋण सहायताका लागि पनि वार्ता गर्न टाली गठन गरिएको छ ।

सरकारले नेपालको स्वास्थ्य क्षेत्र कार्यक्रम अन्तरगत बेलायत सरकारबाट सहयोग गर्ने साढे ३ अर्ब बढीको आर्थिक सहयोग लिने निर्णण पनि गरेको छ । नेपालको स्वास्थ्य क्षेत्र कार्यक्रम अन्तरगत तेस्रो फेजका लागि बेलायतले गर्ने ३ अर्ब ५३ करोड बराबरको आर्थिक र प्राविविधक सहयोग स्वीकार गर्ने निर्णय सरकारले गरेको हो । यस्तै विश्व वातावरण सुविधा, युएनडिपीबाट प्राप्त हुने सहायत रकम १ अर्ब ७५ करोड पनि स्वीकार गर्ने निर्णय सरकारले गरेको परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

सरकारले सशस्त्र प्रहरी बलको गोताखोरका लागि उद्धारमा खटिएको दिन प्रतिदिन ३ सयका दरले प्रोत्साहन भत्ता र १० लाख सम्मको विशेष विमाको व्यवस्था गर्ने निर्णय पनि गरेको छ । कञ्चनपुरको बेदकोटमा भारतसँग देखिएको सीमा विवादका सम्बन्धमा समस्या समाधानका लागि गठन आदेश २०७७ आदेश स्वीकृत गर्ने निर्णय गरेको छ । वास्तविका जग्गा धनिले जग्गा नपाउने र यताको जग्गा उता, उताको जग्गा यता हुने भएकाले समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।

असोज-११

असोज-८

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?