योजनाबद्ध तरीकाले महिलाको हत्या, आलमले पटक – पटक दिएका थिए धम्की !

रौतहट । रौतहटको गढीमाई नगरपालिकामा एक महिलाको शव घाँटी कसेको अवस्थामा फेला परेको छ । गढीमाई न. पा वडा नं ३ गम्हरिया पर्सा मुसरी टोल बस्ने सकल बैठाको श्रीमती ३५ वर्षीया मिन्त्रा देवी वैठाको शव फेला परेको हो ।

उनी घाँस काट्न गएकी मिन्त्रा देवी अबेससम्म पनि नफर्किएपछि परिवारका सदस्यहरुले खोजि गर्दा समिउल्ला कवारीको उखु बारीमा उनको शव भेटिएको थियो ।

घटना आर्थिक लेनदेन र जग्गा कारोबारको कारण उब्जिएको विवादले उनको हत्या भएको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी भरत श्रेष्ठले लोकपथलाई जानकारी दिए ।

केही दिन अगाडि आलमले मृतक मिन्त्रा वैठालाई बाख्रा चराउने क्रममा ‘मेरो जग्गा फिर्ता किन नगरेको ? अब म तिम्रो यस्तो अवस्था बनाई दिन्छु की गाउँ समाजले समेत थुक्छ’ भन्दै धाक धम्कि समेत दिएका थिए ।

तीनै आलमले उनको योजना बनाइ हत्या गरेको खुल्न आएकाले रौतहट जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको डिएसपी श्रेष्ठले बताए । प्रारम्भिक अनुसन्धानमा अभियुक्तहरुले अपराध स्वीकार गरिसकेका छन् ।

पूर्ण विवरणसहित विज्ञप्ती हेर्नुहोस् : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?