अभिनेत्री साराले खोलिन् रहस्य : यसकारण भएको थियो सुशान्तसँग ब्रेकअप !

काठमाडौं । सुशान्त सिंह राजपूतको मृत्यु केसबाट शुरु भएको जाँच अब बलिउडबाट जोडिएको ड्रग्सको दुनियाँमा पुगिसकेको छ ।

यस मामिलामा एनसीबीले बलिउडकी टप एक्ट्रेस दीपिका पादुकोण, सारा अली खान, रकुल प्रीत सिंह, श्रद्धा कपूर दीया मिर्जासँग सोधपुछ गरेको छ ।

यस सोधपुछका क्रममा केहि खुलासा पनि भएका छन् । ड्रग्स केसमा फसेकी सारा अली खानले दिवंगत अभिनेता सुशान्त सिंह राजपूतसँग आफू रिलेशनमा रहेको कुरा स्विकारेकी छन् ।

एनसीबीसँगको सोधपुछमा उनले यो कुरा स्विकारेकी हुन् । उनले सुशान्तसँग डेट गरिररहेको र ब्रेकअप भएको कुरा समेत बताएकी हुन् ।

सुशान्त आफ्नो रिलेशनसीपमा लोयल नभएको बताएकी छन् । उनी रिलेशनसीपलाई साधारण सम्झिने गरेको कारणले ब्रेकअप भएको बताएकी हुन् ।

उनले सुशान्तसँग थाइल्याण्ड ट्रीपमा गएको कुरा पनि स्विकारेकी छन् । साथै सुशान्तसँग आफू केहि पार्टीमा सामेल भएको पनि बताएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?