नविल बैंकले ल्यायो सस्तो ब्याजदरमा सजिलै शेयर कर्जा दिने सुविधा

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा उपलब्ध गराउन पाउने व्यवस्था शुरु गरिएको छ ।

५० लाख वा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने नबिल बैंकले जानकारी गराएको छ ।

आगामी बडा दशैंको सुअवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्रवाह गरिने नविल बैंकले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?