अक्टोबर देखि नेपाली बजारमा आउँदै छ ‘ओपो एफ १७ प्रो’

काठमाडौं । ओपोले नयाँ ह्यान्डसेट ओपो एफ १७ प्रो नेपालमा सार्वजनिक गरेको छ । अल्ट्रा-स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधि ओपो एफ १७ प्रोले प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फन्सनको साथमा उत्कृष्ट एआई पोट्रेट फोटोग्राफी फिचरको अनुभूति दिने कम्पनीले जनाएको छ ।

नेपाली उपभोक्ता माथि गरिएको अन्वेषणमा आधारित एफ१७ प्रोको डिजाइन मार्फत फोनमा उत्कृष्ट पोट्रेट फोटोका लागि एआई क्यामेराका साथमा भोक फ्ल्याश चार्जको अत्याधुनिक समिकरणपनि उपलब्ध गराइएको छ ।

७.४८एमएम अल्ट्रा-स्लिक बडी डिजाइनका कारण ओपो एफ१७ प्रो खल्ती तथा ज्याकेटमा सहजै अटाउँछ । साथै साना ब्यागहरुमा समेत यसलाई मज्जाले समेट्न सकिन्छ । हातमा बोक्दा आरामदायी र स्मूथ अनुभूती दिन एफ१७ प्रोमा कम्पनीले राउन्डेड एड्ज डिजाएन प्रविधि अपनाइएको २२० डिग्रि एड्ज प्रस्तुत गरेको छ ।

प्रयोगकर्ताले उत्कृष्ट दृश्यानुभव लिन सकुन् भन्ने सोचका साथ एफ१७ प्रोमा ६.४३ ईञ्चको डुअल पञ्च(होल डिस्प्लेको प्रयोग गरिएको छ । साथै, फोनमा एफएचडी+ सुपर एमोलेड डिस्प्लेका साथमा ९०.७ प्रतिशत स्क्रिन-टू-बडी रेसियो उपलब्ध गरिएको छ । उद्योगकै सानो ३.७एमएम डायमिटरको क्यामेराका लागि फोनमा मिनी डुअल-पञ्च होल्सको प्रयोग गरिएको हो ।

यएफ१७ प्रोले प्रयोगकर्तालाई व्यवसायिक झैँ देखिने तस्वीर खिच्न सक्ने क्षमता प्रदान गर्छ । एफ१७ प्रोमा रहेका ६ एआई पोट्रेट क्यामेराले उपभोक्तालाई पोट्रेट फोटोग्राफीका लागि सहजता प्रदान गर्नुका साथै भिडियो स्टेबलाइजेशन फिचर्सपनि उपलब्ध गराउँछ ।

नेपाली बजारमा ओपो एफ१७ प्रो अक्टोबर १ देखि सर्वत्र उपलब्ध गरिने जानकारी दिइएको छ । म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दूई भिन्न रंगमा सार्वजनिक हुने यो फोनमा ८ जीबी -याम र १२८ जीबी सञ्चय क्षमताका साथमा सार्वजनिक हुनेछ । यसको बजार मूल्य ४३,९९० रुपैँया निर्धारण गरिएको छ ।

एफ१७ प्रोका साथै ओपोले नेपालमा आफ्ना आईओटी उपकरणको श्रेणीमा थप बृद्धि गर्दै एन्को डब्लयू५१ र ओपो वाट्चपनि सार्वजनिक गरेको छ । ओपो वाट्च, ४१एमएम र ४६एमएम गरी दूई भ्यारिन्टमा उपलब्ध हुनेछ । तिनको मूल्य क्रमशः २४,९९० र ३४,९९० निर्धारण गरिएको छ ।

त्यसैगरी, ओपो एन्को डब्ल्यू५१को मूल्य ८,९९० निर्धारण गरिएको छ । ओपो एफ१७ प्रो र वाट्च खरिद गर्न चाहने उपभोक्ताका लागि सेप्टेम्बर २८देखि ३० सम्म प्रि(बुकिङ खुल्ला गरिएको छ ।

एफ१७ प्रो सार्वजनिक गर्न आयोजित अनलाईन लञ्च ईभेन्ट मार्फत कम्पनीले ओपो एफ१७पनि सार्वजनिक हुने जानकारी दिएको छ । ओपो एफ१७ भने अक्टोबर ५देखि नेपाली बजारमा उपलब्ध हुनेछ । यसको मूल्य भने अहिले सम्म कम्पनीले खुलाइ सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?