अब केटिएम ३९० एड्भेन्चर नेपाली बजारमा

काठमाडौं । नेपालमा सबैभन्दा तीव्र रुपमा बढिरहेको प्रिमियम मोटरसाइकल ब्राण्ड केटिएमले सोमबार KTM 390 एड्भेन्चर आधिकारीक रुपमा सार्वजनिक गरेको छ ।

नेपालभरिका KTM शोरुमहरुमा KTM 390 एड्भेन्चर ९,९९,९०० को मूल्यमा धमाधम बुकिङ्ग सुरु गरिएको कम्पनीले जनाएको छ । यो बाइकको बिक्री सोमबारदेखि सुरु भएको छ ।

गएका वर्षहरुमा एड्भेन्चर यात्रा र अफरोड बाइकिङ्गमा मानिसहरुको चासो बढिरहेकोले यही बद्लिंदो ट्रेण्डलाई ध्यानमा राखेर एड्भेन्चर यात्रा र शहरको दैनिक जीवनमा राइडिङको मजा लिनको लागि घढण् एड्भेन्चर सार्वजनिक गरिएको हो ।

घढण् एड्भेन्चर, एड्भेन्चर यात्राको लागि बनाइएको हो, जसमा लाइटवेट ट्रलिस् फ्रेम चेसिस्, १७०mm को अगाडिको व्हील भएको ध्ए को लङ्ग ट्राभल सस्पेन्शन छ, मेटजेलरको नोबी टायरहरु, २००mm को उच्च ग्राउन्ड क्लीरेन्स, लङ्ग व्हीलबेस, विस्तारीत विन्डसिल्ड र ईञ्जिनको लागि सुरक्षित बेस प्लेट रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?