चीनमा जबर्जस्ती कोरोनाविरुद्धको भ्याक्सीन लगाईदिइँदै !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

यसैबीच चीनले सरकारी कम्पनी, सरकारी अधिकारी, भ्याक्सीन कम्पनीका स्टाफ, टीचर्स, सुपरमार्केटका कर्मचारी र विदेश गईरहेका मानिसहरुलाई कोरोना भ्याक्सीन लगाउन शुरु गरेको छ ।

न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार इमर्जेन्सी न्यूज बताएर चीनले धेरै भन्दा धेरै मानिसलाई कोरोना जबरजस्ती भ्याक्सीन लगाउन तयारी गरिरहेको बताएको छ ।

रिपोर्टमा कति मानिसलाई लगाउन लागिँदै छ भन्ने बारेमा भने केहि खुलाइएको छैन । बेइजिङ कम्पनी सिनोभ्इाकले अहिलेसम्म १० हजार मानिसलाई भ्याक्सीन लगाएको छ ।

साथै कम्पनीका ३ हजार कर्मचारीलाई पनि भ्याक्सीन लगाएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?