एनएमबि बैंक पार्टनरशिप फर कर्बन एकाउन्टिङ फाईनेन्सको नेतृत्व स्तरमा समावेश

काठमाडौं । नेट जेरो ऐसेट वनर एलाएन्स संगको सहकार्यमा पार्टनरशिप फर कर्बन एकाउन्टिङ फाईनेन्सीयल (पीसीएएफमा)ले आफ्नो सञ्चालक समितिमा एक प्रतिनिधिको रुपमा एनएमबि बैंकलाई समावेश गरिएको छ ।

पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी हो । जुन कर्जा/लगानीसँग सम्बन्धित ग्रीनहाउस ग्यास (जीएचजी) उत्सर्जनको आँकलन गर्न र खुलासा गर्न एक सामाजीक दृष्टिकोणको विकास र कार्यान्वयन गर्न सहकार्य गर्दछ ।

कार्वन लेखा वित्तीय साझेदार कर्जा र लगानीले फाईनान्स गरेको ग्रीन हाउस ग्यास उत्सर्जन मापन गरी प्रस्तुत गर्न उद्योगको नेतृत्वमा संस्थागत सम्पतिको पहल गर्न संयुक्त राष्ट्र संघले आयोजना गरेको अन्तर्राष्ट्रिय गढबन्धनसंग मिलेर काम गर्न तथा सहभागितालाई सुदृढ र बिस्तार गर्ने प्रयास गरेको छ ।

पीसीएएफ द्रुत रुपमा विकसित हुँदैछ । गत सेप्टेम्बरमा यसको विश्वव्यापी प्रक्षेपण ५ ट्रिलियन भन्दा बढी सम्पति भएकोमा ५० वित्तीय संस्थाबाट शुरु भएको यो पहल ७५ वित्तीय संस्थामाझ पुगेको छ । जसको १२ ट्रिलियन अमेरिकी डलर भन्दा बढी सम्पति रहेको छ ।

वित्तीय सम्पतिको कार्वन लेखाका अग्रगामीहरुद्घारा स्थापित यस संस्थामा हालसालै ठुला वित्तीय संस्थाहरु नट वेष्ट समुह (बेलायत, पहिले स्कटल्याण्डको रोयल बैंकको रुपमा चिनिन्थ्यो), ईन्भेष्टेक (दक्षिण अफ्रीका), बान्को ब्राडेस्को (ब्राजील), ग्रुपो बानकोलम्बिया (कोलम्बिया), एक्सेस बैंक (नाईजेरिया), मोर्गन स्टानले (युएस), सिटी (युएस), बैंक अफ अमेरिका (युएस), एनएन समुह (नेदरल्याण्ड्स) र डान्सके बैंक (डेनमार्क) संलगन रहेका छन् ।

नेट जेरो ऐसेट वनर एलाएन्स संगको सहकार्यमा पीसीएएफको स्टिअरीङ्ग कमिटिमा एनएमबि बैंकलाई समावेश गरेको छ र नेपालबाट एनएममबि बैंकलेनै नेतृत्व गर्नेछ ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत– सुनिल के.सीका अनुसार “विश्वव्यापी तापक्रम वृद्घिलाई सुरक्षित सीमाभित्र राख्नु हामी सबैको लागी महत्वपूर्ण छ, तर यो विशेष गरी एशियाका देशहरुमा प्रासंगिक छ जुन चरम मौसम घटनाहरु र समुद्री सतहको बढ्दो जोखिममा छन् । हामी अग्रगामी पहलको हिस्सा हुन पाउ“दा खुसी छौं जसले वित्तीय संस्थालाई हाम्रो समयको सब भन्दा ठूलो चुनौतीलाई सम्बोधन गर्न उनीहरुको भूमिका खेल्न सहयोग गर्दछ । ”

हाल पीसीएएफ पहलमा ७५ बैंक र लगानीकर्ताले सदस्यता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?