काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारीका सबै सिटमा यात्रु राखेर (सिट फुल )सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गरेका छन् ।
कोरोना महामारीको त्रासदी र यसबाट बच्न सावधानीस्वरुप यसअघि सरकारले आधा सिट मात्रै यात्रु राख्ने र ५० प्रतिशत बढी भाडा लिने निर्णय गरेकोमा आज (सोमबार) यातायात व्यवसायीहरुले यस्तो माग राखेका हुन् ।
यातायात व्यवसायीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै दशैँमा यात्रुको चाप बढ्नसक्ने भएकाले सरकारले लगाएको नियम पालना गर्न कठिन हुने अवस्था आउने तर्क गर्दै तत्काल यो निर्णय सञ्चाउन सरकारसँग अनुरोध गरेका छन् ।
यातायात व्यवस्था विभागले अग्रीम टिकट बुकिङ खुलाउनेबारे हिजो (आइतबार) गरेको छलफलमा पनि व्यवसायीले आधा सिटमा मात्रै यात्रु राख्ने निर्णय सच्याउन माग गरेका थिए ।
सरकारले हवाई सेवामा सिटभरी यात्रु बोक्न छुट दिएको तर सडक यातायातमा विभेदकारी नीति लिएको भन्दै व्यवसायी चिढीएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया