दक्षिण चीन सागरमा आफ्नो सैन्य अड्डा बढाउँदै चीन !

पछिल्लो समय दक्षिण चीन सागरलाई लिएर अमेरिका र चीनबीचमा वाकयुद्ध चलिरहेको छ ।

चीन १ हजार वर्ष पहिला देखि आफ्नो अधिकार रहेको बताउँदै आएको छ भने अमेरिका उक्त क्षेत्र अन्य छिमेकी देशको पनि बराबर अधिकार रहेको बताउँदै आएको छ ।

यसैबीच अमेरिकाले चीनले दषिण चीन सागर क्षेत्रमा आफ्नो चौकी बनउन र आफ्नो अड्डा जमाउन थालेको बताएको छ ।

अमेरिकाले चिनियाँ राष्ट्रपति शी जिनपिङलाई समुन्द्री क्षेत्रमा आफ्नो निर्माणबाट कुनै अन्य देशलाई प्रभावित नबनाउने आफ्नो वाचा पूरा गर्न सुझाएको छ ।

चीनले उक्त क्षेत्रमा सैन्य अड्डा जमाउन लागेको भन्दै छिमेकी देश मलेशिया, ब्रुनेई, फिलिपिन, ताईवान र भियतनामले आपत्ति जनाएका छन् ।

चीनले उक्त क्षेत्रमा आफ्नो लडाकू विमानका लागि केहि दर्जन ह्यांगर र रनवे बनाएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?