१० असार २०७९, शुक्रवार

पाँच वर्षमा सबैलाई घर र रोजगार हुने : गौतम

२०७४,आश्विन,१०,मंगलवार १७:१७

0
Shares

दाङ, १० असोज (रासस)नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अबको चुनावमा एमालेलाई कसैले रोक्न नसक्ने बताएका छन ।नेकपा (एमाले) दाङले सोमबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले राष्ट्रका सामु आएका कठिन चुनौतीमा एमाले उत्तीर्ण भएको भन्दै लोकतन्त्रको रक्षा एमालेले मात्र गर्न सक्ने दाबी गरे ।काँग्रेसले बोकेको लोकतन्त्र नक्कली भएको उहाँको आरोप थियो । उहाँले जनताले अग्रगमन र राष्ट्रको समृद्धि खोजेकाले त्यो पूरा गर्ने जिम्मेवारी आफ्नो पार्टीमा भएको बताए। उहाँले अन्य पार्टीसँग कुनै भिजन नभएको भन्दै मुलुक चलाउने पार्टी एमाले मात्र भएको दाबी गरे ।उहाँले पाँच वर्षभित्र सबैको घर हुने, बेरोजगारले रोजगार पाउने वातावरण निर्माण गरेर एमाले अघि बढेको बताए । उहाँले भन्नुभयो, “पाँच वर्षभित्र आधारभूत सेवाबाट नागरिक विमुख हुने छैन”, कसैलाई विभेद र अन्याय गरिँदैन ।”यसैबीच, एमालेमा केन्द्रीय नेताहरु पनि प्रवेश गरेका छन् । राप्रपाकी केन्द्रीय सदस्य तथा गायिका कोमल ओली, नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य निर्मला विक, नेपाली काँग्रेसका नेता डिल्लीबहादुर खड्का, बलिभद्र राना, जनमुक्ति पार्टीका कमला देउजा, राप्रपाका नेता यामिन्द्र वलीलगायतका सयौँ नेता तथा कार्यकर्ता काँग्रेस, माओवादी केन्द्र, राप्रपा तथा जनशक्ति पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।सबैलाई पार्टी उपाध्यक्ष गौतम, पार्टीका स्थायी कमिटी सदस्य शंकर पोख्रेललगायत पार्टीका नेताले टीका र खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,१०,मंगलवार १७:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको आफ्नो छुट्टै भूमिका रहेको हुन्छ । उनीहरू पनि जनताबाटै प्रत्यक्ष रुपमा निर्वाचित भएर

काठमाडाैं । संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको उद्योग तथा बाणिज्य र

ललितपुर । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ट्रक व्यवसायीका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन्

सप्तरी । जिल्ला समवन्य समिति सप्तरीको प्रमुखमा तीन जना र उपप्रमुखमा दुई जनाले मनोनयन दर्ता गराएका छन् । जनता समाजवादी

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६