कोरोना संक्रमितको संख्या शुन्य रहेका यी ५ जिल्ला

काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका ५ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालका ६ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।

 कोरोना संक्रमण मुक्त ५ जिल्लाहरु

  • मनाङ
  • मुस्ताङ
  • डोल्पा
  • हुम्ला
  • मुगु

 

बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ८० नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप ७४२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । यो कुल संक्रमितको ७३.१ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १९ हजार ६२४ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १० हजार ९२९ जना र संस्थागत आईसोलेसनमा ८ हजार ६९५ जना छन् । तिमध्ये २२५ जना संक्रमितको आईसियु र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ३१० जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म  ४८१  जनाको मृत्यु भएको छ ।

हिजो (आईतवार) नेपालमा १ हजार ५७३ जनामा संक्रमण पुष्टि भएको थियो । ८८५ जना संक्रमणमुक्त भएका थिए भने १० जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?