काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ८० नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार नेपालका ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ७ जिल्ला
- काठमाडौं
- भक्तपुर
- ललितपुर
- चितवन
- सिरहा
- मोरङ
- रुपन्देही
यस्तै बितेको २४ घण्टामा थप ७४२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । यो कुल संक्रमितको ७३.१ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १९ हजार ६२४ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १० हजार ९२९ जना र संस्थागत आईसोलेसनमा ८ हजार ६९५ जना छन् । तिमध्ये २२५ जना संक्रमितको आईसियु र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ३१० जना रहेका छन् । डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४८१ जनाको मृत्यु भएको छ ।
हिजो (आईतवार) नेपालमा १ हजार ५७३ जनामा संक्रमण पुष्टि भएको थियो । ८८५ जना संक्रमणमुक्त भएका थिए भने १० जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया