अर्बपति भएपनि ट्रम्पले ८८ हजार रुपैयाँ मात्र आयकर दिएपछि विवाद शुरु

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनाव प्रचारको बीचमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको आयकर रकमको खुलासा भएको छ ।

यो खुलासा पछि ट्रम्पलाई लिएर एक नयाँ विवाद शुरु भएको छ । ट्रम्पले बितेको १५ वर्षमा १० वर्ष आयकर नदिएको बताइएको छ ।

ट्रम्प जुन वर्ष राष्ट्रपति पदको दौडमा सामिल भएका थिए र ह्वाईट हाउसमा प्रवेश गरेको वर्ष उनले ७५० अमेरिकी डलर मात्र आयकर तिरेका थिए ।

न्यूयोर्क टाइम्सले आईतवार प्रकाशित आफ्नो समाचारमा यसको जानकारी दिएको छ । उनको कुल सम्पत्ती २.१ अर्ब डलर रहेको छ ।

कोरोनाका कारण उनको सम्पत्तीमा एक अर्ब डलर कमी भएको छ । आफ्नो आयकर गोप्य राख्ने ट्रम्प अहिलेको समयमा एकमात्र राष्ट्रपति हुन् ।

जो, यसलाई सार्वजनिक गर्दैनन् । अहिले आयकरको अडिट चलिरहेको छ । ट्रम्पले भने यो सबै समाचारको खण्डन गरेका छन् ।

उनले यस् सबै फेक समाचार भएको बताएका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?