कोरोना कहरसँगै विद्युतीय कारोबारमा बृद्धि, कुन माध्यमबाट कति भयो भुक्तानी ?

काठमाडौं । कोरोना भाइरसको महामारी बढेसँगै नेपालमा विद्युतीय भुक्तानीको कारोबार पनि वृद्धि भइरहेको छ ।

कोरोना भाइरसको त्रासले विद्युतीय कारोबारमा अकर्षण गरेको अनुमान सहजै गर्न सकिन्छ ।

साथै पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र विद्युतीय भुक्तानी उपकरणमा सर्वसाधारण अभ्यस्त हुनुको कारण विद्युतीय भुक्तानी कारोबार उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनाको तथ्याङकमा उल्लेख गरिएको छ । कोरोनाको कारण सामाजिक दूरी कायम गर्नु पर्ने अवस्थाका लागि विद्युतीय भुक्तानीले सहज बनाएको छ ।

विद्युतीय भुक्तानी कारोबारमा विषेशगरी ई कर्मस, पिओएस, क्यु.आरमा आधारित, वालेट, शाखारहित बैंकिङ, मोबाईल बैकिङ, इन्टरनेट बैंकिङ, प्रिपेड कार्ड, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, आइपिएस, इसिसि लगायतको विद्युतीय भुक्तानी कारोबारमा आकर्षण बढ्दो रहेको छ ।

हालसम्म कुन माध्यमबाट कति भयो कारोबार ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?