बुक विल्डिङ विधि लागू भए पछि रियल सेक्टरको आकर्षण, आईपिओ निष्काशन गर्न कति कम्पनी छन् तयारीमा ?

काठमाडौं । शेयर बजारमा बुक विल्डिङ विधिबाट आइपिओ निष्काशनमा सहभागि हुन ५७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

बोर्डले गत भदौ ३ गते सूचना प्रकाशित गरी बुक विल्डिङ निर्देशिका २०७७ अनुसार योग्यता पुगेका कम्पनीहरुलाई ३५ दिनभित्र आवेदन पेश गर्न भनेको थियो । सूचनासँगै ५७ वटा कम्पनीले आवेदन दिएको बोर्डले जनाएको छ ।

आवेदन परेका मध्ये बोर्डको मापदण्डअनुसार कागजात पुगेका कम्पनीलाई छिटोभन्दा छिटो स्वीकृत दिने तयारी भैरहेको बोर्डले जनाएको छ । बोर्डले स्वीकृती दिएपछि योग्य संस्थागत लगानीकर्ताले बुक विल्डिङ प्रणालीबाट निर्धारित मूल्यमा आइपिओ निकाल्न पाउनेछन् ।

बुक विल्डिङमा कस्ता कम्पनी सहभागी हुन पाउने ?

आइपिओ निष्काशन गर्नको लागि साधारणसभाबाट स्वीकृती पाएको र प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्ता पुँजीको कम्पनीतमा ५० प्रतिशत रहेको हुनुपर्दछ । रेटिङ पनि औसत वा औसत भन्दा माथि हुनुपर्ने व्यवस्था छ ।

बुक बिल्डिङ विधिबाट आइपिओको बिक्री मूल्य निर्धारण गरी संस्थागत सर्वसाधारण लगानीकर्ताका लागि ६० प्रतिशत विक्री गर्नुपर्ने बोर्डको व्यवस्था रहेको छ ।

बोर्डले प्रकाशित गरेको निर्देशिका अनुसार बुक बिल्डिङ प्रणालीबाट आइपिओ निष्काशन गर्न कम्पनी लगातार ३ वर्षदेखि मुनाफमा सञ्चालन हुनुपर्ने लगायतको मापदण्ड पूरा गर्न आवश्यक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?