काठमाडौं । कोरोना भाइरसको महामारी अहिले साार विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

यसैबीच अमेरिकाको जनसंख्या करिव ३३ करोड छ । जसमा ७२ लाख भन्दा धेरै कोरोना संक्रमित बनेका छन् भने २ लाख भन्दा धेरैको मृत्यु भएको छ । तर एक नयाँ स्टडीबाट अमेरिकाको करिव ९० प्रतिशत जनसंख्या अहिले पनि कोरोनाको खतराको सामना गरिरहेका छन् ।नयाँ स्टडीका अनुसार ९ प्रतिशत मानिसमा मात्रै कोरोनाको एन्टीबडी पाइएको छ ।

cnbc.com को रिपोर्टका अनुसार अमेरिकाको सीडिसी डाइरेक्टर रोबर्ट रेडफील्डले ९० प्रतिशत मानिसहरुमा कोरोनाको खतरा रहेको बताएका छन् ।
शुक्रवार लान्सेट जर्नलमा प्रकाशित स्टडीका अनुसार अमेरिका अहिले पनि हर्ड इम्यूनिटीबाट धेरै टाढा रहेको छ ।

स्टडी अन्य देशका लागि पनि चिन्ताको विषय बनेको छ । किनभने केहि देशमा कोरोनाको लहर अमेरिकाको भन्दा ढिला शुरु भयो र त्यहाँको धेरै जनसंख्यालाई पनि कोरोनको खतरा हुन सक्छ ।
स्ट्यानफोर्ड यूनिभर्सिटीका रिसर्चर्सले नयाँ स्टडीका लागि अमेरिकाको ४६ राज्यमा कुल २८ हजार ५०० बिरामीको स्याम्पल लिएका थिए ।

स्टडीमा करिव ९ प्रतिशत मानिसमा नै कोरोनासँग जोडिएका एन्टीबडी छन् ।
एन्टीबडीले कोरोनासँग फेरि लड्नको लागि वा संक्रमित हुनबाट बचाउँछ वा बचाउँदैन भन्ने कुरा पूर्ण रुपमा पत्ता लाग्न सकेको छैन ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया