१३ आश्विन २०८०, शनिवार

आफूहरु एक्लै निर्वाचन जित्नुपर्छ भन्ने पक्षमा : अध्यक्ष दाहाल

२०७४,आश्विन,१०,मंगलवार ०६:५२

0
Shares

चितवन, १० असोज (रासस)नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एक्लै लडेर निर्वाचन जित्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताएका छन ।प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले चितवन क्षेत्र नं ३ मा आफूले एक्लै निर्वाचन लडेर जित्ने कोसिसमा रहेको पनि बताए । एक्लै निर्वाचन जित्न सक्नुहुन्छ ? भन्ने प्रश्नमा दाहालले भने, “सम्भावना छ भन्ने विश्वासमा छु ।” सो क्षेत्रमा माओवादी तेस्रो शक्ति रहेको छ ।यद्यपि चुनावी तालमेलका विषयमा अन्य दलहरुसँगको छलफल पनि जारी रहेको उहाँले बताए । दाहालले भने, “तालमेलको छलफल सबै दलसँग चलेको छ, टुंगो लागेको छैन ।” नेपाली काँग्रेस र नेकपा (एमाले)सँग तालमेलका विषयमा छलफल चलिरहेको भन्दै उहाँले ठोस निष्कर्षमा नपुगेको बताए ।संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुसँग मात्रै तालमेल गर्ने नीतिगत निर्णय भएको भन्दै उहाँले माओवादीप्रतिको जनलहर रहेकाले एक्लै निर्वाचनमा जान पनि सकिने बताए ।बाँदरमुढे घटनाका कारण अहिले पनि आलोचित दाहाल असोज तेस्रो साता माडी जाने पनि बताए । बाँदरमुढे घटनापछि माडीको विकासका लागि प्याकेजसहित आउने यसअघि घोषणा गरे पनि पीडितले प्याकेज पाउन सकेका छैनन् । दाहाल यसै क्षेत्रबाट निर्वाचन लड्ने भएपछि बाँदरमुढे पीडितले पनि राहत पाउने आशा गरेका छन् ।निर्वाचनमा उठ्ने भएपछि विभिन्न कार्यक्रममा दाहाल सहभागी हुने क्रम बढ्दो छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पूर्व प्रधानमन्त्रीको हैसियतले भाग लिन दाहाल यहाँ आएका हुन।

प्रकाशित मिति: २०७४,आश्विन,१०,मंगलवार ०६:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व बागमती प्रदेश वन तथा वातावरण मन्त्री विशाल खड्काले भ्रष्टाचारका चाङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरू हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । बिहान ८ बजे नै प्रकाशित गरिसक्नुपर्ने उम्मेदवारको

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०