दशैँमा नि:शुल्क क्रेडिट कार्ड, सानिमा बैंकले ल्यायो बम्पर अफर

काठमाडौं । आम सर्वसाधारणका लागी नेपालमा पहिलो पटक सानिमा बैंकले निशुल्क क्रेडिट कार्डको व्यवस्था गरेको छ । नेपालीहरुको महान चाड वडा दशैँलाई लक्षीत गर्दै सानीमा बैंकले उक्त योजना धोषणा गरेको हो ।

उक्त योजना १२ आश्विन देखि आश्विन मसान्त २०७७ सम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुमा लागू हुने गरि व्यवस्था गरिएको हो । साथै यो योजना लिने पहिलो ५० जना ग्राहकहरुले अनलाईन सपिङ्ग पोर्टल दराजमा ३ हजार बराबरको सामान खरिद गर्दा ५ सय रुपैयाँको निःशुल्क भौचर समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

हाल सानिमा बैंकको देशभर ८२ वटा शाखा संचालनमा रहेका छन् ।

सबै शाखाबाट उपलब्ध हुने निशुल्क के्रडिट कार्डको सेवा विशेष छुट सहित अस्पताल, सपिङ मल, होटल तथा रेष्टुरेन्ट आदिमा प्रयोग गर्न सकिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?