काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटघाट भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा अध्यक्षद्वयबीच मन्त्रिमण्डल पुनर्गठन र पार्टी एकताको बाँकी कामका बारेमा कुराकानी भएको हुने स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा पुर्याएका छन् । छिटै मन्त्रिपरिषद् हेरफेरलाई अन्तिम रूप दिने उनी निकटस्थहरू बताउँछन् ।
पछिल्लो समय अध्यक्षद्वयबीच भेटघाट बढिरहेको छ । यसअघि हिजो पनि ओली प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठनका बारेमा छलफल भएको थियो । तर आइतवार बसेको मन्त्रिपरिषद् बैठकमा भने उक्त विषयले प्रवेश नपाएको स्रोले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया