काठमाडौं । गण्डकी प्रदेशमा कोरोनाको कुल संक्रमित संख्या ३ हजार नाघेको छ ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ९५ पुगेको हो ।
चितवन मेडिकल कलेज, (चितवन) र क्षयरोग उपचार केन्द्र, (पोखरा)मा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेजमा परीक्षण गरी कोरोना पुष्टि भएकाहरु त्यहिँ आईसोलेसनमा बसेको स्रोतले जनाएको छ ।
त्यस्तै स्याङ्जा जिल्लाका १ जना संक्रमित पोखराको मणिपाल अस्पतालमा उपचाररत रहेका छन् । भने अन्य सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।
कोरोना संक्रमण पुष्टि भएकाहरु सबैलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया