बिहीवार रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिने

काठमाडौं । निर्माणधीन रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीवार गजुर राखिने भएको छ ।

बालगोपालेश्वर मन्दिरमा आज गजुर प्रतिस्थापन गर्ने तयारी गरिएपनि आजको लागि स्थगित गरिएको थियो । ठेकेदार कम्पनीको ढिलाइका कारण आज गजुर प्रतिस्थापन गर्न नसकिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।

बालगोपालेश्वर मन्दिरको गजुर दरबार हाइस्कुलमा राखेर जलप लगाउने काम भइरहेको छ । ‘गजुर राख्दा र निकाल्दा पूजाको विधि भएकोले बिधी अनुसार बिहीवार गजुर प्रतिष्थापन गर्न लागिएको हो ।

सीएम तुलसी कन्स्ट्रक्सन जेभीले बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको काम गरिरहेको छ । सीएम तुलसी कन्स्ट्रक्सन जेभीसँग गएको असार २४ गते मन्दिर, पुल र पोखरी बाहिरको काम गर्ने गरी १५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

उपभोक्ता समितिले १० करोड र निर्माण व्यवसायीले १५ करोड गरी झण्डै २५ करोड रुपैयाँमा रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम थालिएको थियो । यसअघि गएको वैशाख १२ गते रानीपोखरी उद्घाटन गर्ने कार्यक्रम थियो । तर कोरोना सङ्क्रमण जोखिमका कारण सरकारले लकडाउन गरेपछि उद्घाटन हुन सकेन ।

२०७२ सालमा गएको महाभूकम्पको कारण क्षतविक्षत भएको रानीपोखरीको काम पहिलेकै शैलीमा निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?