यी हुन् संसारकै खतरनाक बाटो ! (फोटोसहित)

काठमाडौं । तपाईले बाङ्गो, घुमाउरो जस्तो बाटो त देख्नु भएकै होला तर आज हामी तपाईलाई संसारकै डरलाग्दो बाटोको बारेमा बताउँदै छौँ । यो बाटो नै यस्तो छ कि, हरेक पाइलामा मृत्युको भय हुन्छ । यो बाटो देख्दा पनि हाम्रो मुटु काँप्छ ।

१.एल केमिनिटो डेल रे, स्पेन

सबैभन्दा पहिला स्पेनको दक्षिणी सडकको बारेमा जानकारी गराऔँ । यो सडक ११० वर्ष पुरानो हो । यो सडकलाई एल केमिनिटो डेल रेको नामले जानिन्छ । यो संसारकै सबैभन्दा खतरनाक बाटोमा गनिन्छ । यसलाई किंग्स पाथ वेको नामले पनि जानिन्छ । यसको निर्माण १९०५ मा भएको थियो । यो खतरनाक बाटो हाइड्रोइलेक्ट्रिक पावर प्लान्टमा काम गर्ने मजदूरका लागि निर्माण गराइएको थियो ।

dangerous way

२ क्लिफ पाथ

दोश्रो नम्बरमा आउँछ पश्चिमी चीनको गुलुकान गाउँको सडक पर्दछ । यो सडकमा बच्चा एक स्कूल पढ्नको लागि जान्छन् ।

यो ५ हजार फीट लामो बाटो चट्टानबाट बनेको हो । जसलाई क्लिफ पाथ भनिन्छ । चीनको हुशान क्लिफसाइड पाथ हुशान यलो नदीको बेसिनको नजिक ओरडस लूप सेक्शनको साउथवेस्टमा शानक्शी प्रान्तको क्विनलिंग माउण्टेन्सको पूवी तर्फ रहेको छ ।

यहाँबाट २ जनाको मृत्यु भईसकेको छ । हुशानको उत्तरी भागमा १ हजार ६१४ मीटरको उचाईमा दुई पैदल मार्ग बनाइएको छ ।

dangerous way

यसलाई हुआ शान युको नामले जानिन्छ । यस पैदल मार्ग हेर्नको लागि धेरै पर्यटक आउँछन् । त्यहाँ सरकारले सुरक्षाका लागि बन्दोबस्त गरेको छ । तर पनि त्यहाँ दुर्घटना भई नै राख्छ ।

चीनको हुनान प्रान्तको युएयांगमा चीनका स्पाइडर म्यानलाई अमेजिंग आर्मीले आफ्नो जिन्दगी दाउमा लगाएर ३०० मीटरको उचाईमा यो बाटो बनाएका थिए । यो बाटोमा जानको लागि दरो मुटु चाहिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?