फोटोमा हेर्नुहोस् – साताका ९ उत्कृष्ट तस्वीर

काठमाडौं । यो साता विश्वभरबाट खिचिएका केही उत्कृष्ट तस्वीरहरु यहाँ प्रस्तुत गरिएको छ : 

 

रुसको मस्को वाटर एरिया फेस्टिभलमा उडिरहेका देखिने दुईजना फ्लाइबोर्डरहरू।

 

अमेरिकी पश्चिमी तटमा विशाल डढेलोले प्रभावित पारिरहँदा ओरेगन राज्यको फ्रीमन्ट राष्ट्रिय बन छेवैमा मुस्लोको नजिकै रहेका घोडाहरू।
देशलाई टेलिभिजनमार्फत् सम्बोधन गर्दैगर्दा त्यो हेर्ने एकजना महिलाको आँखामा देखिएको ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनको प्रतिविम्ब। जोनसनले सङ्क्रमितको सङ्ख्या पुन: बढ्न थालेपछि लगाइएका प्रतिबन्धहरू छ महिनासम्म जारी रहन सक्ने बताएका छन्।
केन्याको मापारासा पर्वतमा आयोजना हुने मासु खाने एउटा पर्वमा सहभागी मासाइ समुदायका मानिसहरू। उक्त पर्व यसअघि कोरोनाभाइरसका कारण सारिएको थियो।

 

प्यारिसको नोट्र-डाम गिर्जाघर बाहिर मध्यकालीन सीप देखाउनेगरी बञ्चरोले मुढो चिर्दै एकजना पुरुष।

 

अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प त्यहाँ मृत्यु भएकी न्यायाधीश रुथ बेडर गिन्सबर्गको शवपेटिका सामु।
सोलमा बाली भित्र्याउने पर्वको रूपमा कृत्रिम चन्द्रमा माझ साइकल चलाउँदै एकजना दक्षिण कोरियाली महिला।

 

लण्डनको एक हिरासत केन्द्रमा शुक्रवार बिहान ल्याइएका एक व्यक्तिको गोली प्रहारमा मारिएका प्रहरी अधिकृतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनका सहकर्मीहरू।

 

प्रहरी बर्बरताविरुद्ध भन्दै कोलम्बियाको बोगोटामा भएको प्रदर्शनमाझ उपस्थित दङ्गा प्रहरी।

तस्वीर : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?