रोनाल्डोको २ गोलमा युभेन्टसको रोमासँग बराबरी

काठमाडौं । सिरि ए फुटबलमा युभेन्टसले रोमासँग बराबरी खेलेको छ । आईतबार राति भएको खेलमा युभेन्टसले रोमासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हो ।
खेलमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए ।

Video: Cristiano Ronaldo brings 10-man Juventus level with Roma -Juvefc.com

जोर्डन भेरेटाउटले ३१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए । रोनाल्डोले पनि पेनाल्टीमै ४४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा भेरेटाउटले गोल गर्दै घरेलु टोलीलाई २–१ ले अघि बढाएका थिए । ६९ औं मिनेटमा रोनाल्डोकै गोलमा युभेन्टस खेलमा फर्कियो । ड्यानिलोको क्रसमा रोनाल्डोले हेडमार्फत युभेन्टसका लागि बराबरी गोल फर्काएका थिए ।

Summary of the Juventus-Roma match in the Italian League "Ronaldo covers  for Pirlo's mistakes" - World Today News

एड्रियन राबोट ६२ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सिमित बनेको थियो । युभेन्टसले २ खेलबाट ४ अंक जोड्दै पाँचौ स्थानमा छ । रोमा १ अंक सहित १३ औं स्थानमा छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?