अर्मेनिया र अजरबैजानबीच यसरी भईरहेको छ युद्ध ! (हेर्नुहोस् भिडियोमा)

काठमाडौं । अर्मेनिया र अजरबैजानको बीचमा आईतवार विवादित क्षेत्रमा एक पटक फेरि युद्ध शुरु भएको छ ।

न्यूज एजेन्सीको अनुसार अहिलेसम्म युद्धमा दुबै तर्फ २३ जनाको मृत्यु भईसकेको छ । मृत्यु भएका धेरै मानिसहरु आम नागरिक रहेको बताइएको छ ।अहिलेसम्म युद्धमा १०० जना भन्दा धेरै घाईते भएका छन् ।

सातै टर्कीले युद्धमा अजरबैजानको साथ दिने बताएको छ ।टर्कीका राष्ट्रपति रजब तैयब अर्दोआनले आईतवार सामाजिक सञ्जाल ट्वीटर मार्फत यसको जानकारी दिएका हुन् ।

रुसले भने शान्तिको अपील गरेको छ ।रुसको विदेश मन्त्रालयले आफू दुबै देशबीच मध्यस्थता गर्न तयार रहेको बताएको हो ।

अर्मेनियाले भने तीन ट्यांक र २ हेलिकप्टर खसालेको बताएको छ ।

https://www.facebook.com/RTnews/videos/647267579545504

के हो लडाईको कारण ?

पूर्व सोभियत संघका यी दुबै देशबीच नागोर्नो कारबाख क्षेत्रलाई लिएर लामो समयदेखि विवाद चलिरहेको छ ।

इन्टरनेशनल लेभलमा यो इलाका अजरबैजानको भाग मानिएको छ । तर अर्मेनियाले उक्त क्षेत्र आफ्नो भएको दाबी गरिरहेको छ ।

१९९४ युद्ध पछि यो क्षेत्र अजरबैजानको नियन्त्रणमा छ ।

 

यो क्षेत्रमा दुबै देशका सैनिक तैनाथ छन् । करिव ४ हजार ४०० किलोमिटरमा फैलिएको नागोर्नो कारबाखको धेरै भाग पहाडी रहेको छ ।

गएको वर्ष जुलाईमा दुबै देशबीचमा यसलाई लिएर झडप भएको थियो । जसमा १६ जनाको मृत्यु भएको थियो ।

सबै तस्वीर र भिडियो अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरबाट लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?