काठमाडौं- गत अंग्रेजी वर्ष डिसेम्बर अन्तिम साताबाट चीनको हुवेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ का कारण नेपालमा पनि बितेको ६ महिनादेखि अत्यन्तै सकसपूर्ण अवस्था सिर्जना भएको छ ।
अझ रोजीरोटीको लागि, अध्ययनका लागि तालिम वा प्रशिक्षण, उपचार र परिवारिक भेटघाटका सिलसिलामा अन्यत्र मूलुकमा पुगेकाहरुले विभिनन देशहरुले गरेको लकडाउनका कारण निकै सास्ती खेपे ।
यसैबीच ‘कोभिड – १९’ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् ।
शनिबारसम्म ३२ मुलुकबाट ति नागरिक स्वदेश फर्केका हुन् ।
कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) का अनुसार संयुक्त अरब इमिरेट्सबाट २३ हजार २३७ छन् भने सबभन्दा कम श्रीलङ्काबाट पाँच जना रहेका छन् ।
केन्द्रका अनुसार हालसम्म :
साउदी अरेबियाबाट १२ हजार ३८१
मलेशियाबाट ११ हजार ६५१
कतारबाट ११ हजार १५०
कुवेतबाट आठ हजार ४७८
जापानबाट एक हजार ७५४
दक्षिण कोरियाबाट एक हजार ४४७
ओमनबाट एक हजार ३२५
बहराइनबाट एक हजार २७४
अष्ट्रेलियाबाट एक हजार ९१
टर्कीबाट ९३६
बङ्गलादेशबाट ८८८
माल्दिभ्सबाट ८५३
सिङ्गापुरबाट ५५५
अमेरिकाबाट ४३०
चीनबाट ३३३
जोर्डनबाट ३१७ नेपाली स्वदेश फर्केका हुन् ।
स्वदेश फर्कनेमा :
प्रदेश नं १ का १४ हजार ६११
प्रदेश नं २ का १२ हजार तीन
वाग्मती प्रदेशका १८ हजार २६४
गण्डकी प्रदेशका नौ हजार ३०
प्रदेश नं ५ का ११ हजार ६११
कर्णाली प्रदेशका एक हजार ५२५
र सुदूरपश्चिम प्रदेशका एक हजार ७४५ रहेको केन्द्रले जनाएको छ । फर्कनेमध्ये ११ हजार २२७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया