एकै ओभरमा ५ छक्का प्रहार भएपछि विशाल लक्ष्यका बाबजुद पनि हार्यो पञ्जाव

काठमाडौं । शारजाह स्टेडियममा आईतवार साँझ भएको आईपीएलको ९ औँ म्याचमा राजस्थान रोयल्स र किंग्स इलेभन पञ्जावबीच प्रतिस्पर्द्धा भएको थियो ।

खेलमा विशाल लक्ष्य प्रश्तुत गरेको किंग्स इलेभन पञ्जावलाई राजस्थानले ४ विकेटले पराजित गरेको छ ।

पञ्जावका लागि शतकीय पारी खेलेका मयंक अग्रवालले १०६ रनको विशाल स्कोर बनाए पनि जितका लागि त्इो पर्याप्त बन्न सकेन ।

तेवतियाको सर्वोत्कृष्ट ब्याटिङले राजस्थानले सहज जित हात पार्यो । उनले एकै ओभरमा ५ छक्का हानेर पञ्जाव सामु चुनौति बने ।

पहिला ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२३ रन बनाएको थियो ।

२२४ रनको विशाल लक्ष्य पाएको राजस्थानले १९.३ बलमै ६ विकेट गुमाएर २२६ रन बनायो ।

राजस्थानको तर्फबाट सञ्जू स्यामसनले ४२ बलमा ८५ रनको उत्कृष्ट पारी खेले ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?