कोरोनाको प्रकोप : अमेरिकामा जुलाई ५ यताकै सबैभन्दा कमको मृत्यु, संक्रमित पनि ह्वात्तै घटे

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १० लाख २ हजार ३८३ जनाको मृत्यु भएको छ भने ३ करोड ३३ लाख ३ हजार २०९ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ४६ लाख ३४ हजार ६१ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार ११४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै विश्वमा अहिले उपचाररतको संख्या ७६ लाख ६६ हजार ७६५ रहेको छ ।

यसैबीच अमेरिकामा अहिलेसम्म २ लाख ९ हजार ४५३ जनाको मृत्यु भएको छ भने ७३ लाख २१ हजार ३४३ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ४५ लाख ६० हजार ४५६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २५ लाख ५१ हजार ४३४ जना उपचाररत छन् ।

त्यस्तै १४ हजार १३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १५ हजार ६०७ जनाको मृत्यु भएको छ भने ८ लाख १० हजार ९१ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा अहिलेसम्म १५ हजार ८६१ जनाको मृत्यु भएको छ भने ७ लाख ७० हजार २३० जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा अहिलेसम्म ७ लाख ५६४ जनालाई संक्रमण भएको छ भने १४ हजार ३३ जनाको मृत्यु भएको छ ।

अमेरिकामा आईतवार ३३ हजार७८२ जना संक्रमित थपिएका छन् भने २७६ जनाको मृत्यु भएको छ । यो संख्या जुलाई ५ यताकै सबैभन्दा कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?