निजी ल्याबले पीसीआर शुल्क ३८९९ लिने

काठमाडौं । कोरोना परीक्षण गर्ने निजी ल्याबहरुले सरकारले तोकेको शुल्कभन्दा झण्डै आधा बढी शुल्क लिने लिने भएका छन् । निजी ल्याब सञ्चालकहरुले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै कोरोना परीक्षण शुल्क ३८९९ रुपैयाँ लिने निर्णय गरेका हुन् ।
उनीहरुले सरकार र निजी ल्यबबीचको असमझदारीले कसैको हित नगर्ने चुनौति दिँदै विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम निर्धारित शुल्क ३ हजार ८९९ नै यथार्थपरक रहेका बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?