अमेरिकामा कति पुगे संक्रमित, कतिको भयो परीक्षण ?

आइतबारसम्म अमेरिकामा ७२ लाख ९२ हजारबढीमा संक्रमण पुष्टि हुँदा २ लाख ९ हजार २३० जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
यस्तै हालसम्म ४५ लाख २४ हजार निको हुँदा अझैपनि साढे २५ लाख बढी सक्रिय संक्रमित नै रहेका छन् । तीमध्ये २४ हजार बढीको अवस्था गम्भीर रहेको पनि समाचारमा जनाइएको छ ।
अमेरिकामा १० करोड ३६ लाख बढीको कोरोनाभाइरस पहिचानका लागि पीसीआर परीक्षण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?