भारतमा ९ लाख ६० हजार बढी सक्रिय संक्रमित

भारतभर हाल ९ लाख ६० हजार बढी कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् । आइतबारको अध्यावधिक विवरणअनुसार भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ६० हजार बढी रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको वेबसाइटमा उल्लेख छ ।
विवरणअनुसार हाल संक्रमित मध्ये ४९ लाख ४१ हजार ६२७ अर्थात कुल संक्रमितको ८२.४६ प्रतिशत निको भएका छन् । यस्तै हालसम्म ९४ हजार ५०३ जना निको भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?