गण्डकीमा १०४ संक्रमित थप

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १०४ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमित सङ्ख्या तीन हजार ७७७ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म ६८ हजार ८३ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । संंक्रमितमध्ये हालसम्म ३३ जनाको मृत्यु भएको छ भने दुई हजार ६८९ जना निको भएका छन् । प्रदेशमा सक्रिय संक्रमितको सङ्ख्या एक हजार ५५ जना रहेको निर्देशनालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?