भुटानमा कोरोना संक्रमितको संख्या २७१ पुग्यो, थपिए नयाँ ८ संक्रमित

भुटानमा कोरोनाभाइरस संक्रमितको संख्या २७१ पुगेको छ । दक्षिण एसियाली अन्य मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या भयावह रहेको बेला सो देशमा भने संक्रमितको संख्या न्यून रहेको छ । भुटानले सुरुदेखि नै पर्याप्त सावधानी अपनाएकै कारण संक्रमण धेरै नभएको बताइएको छ ।
भुटानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो देशमा ८ नयाँ संक्रमित पुष्टि भएका छन् । हाल भुटानमा ६६ सक्रिय संक्रमित र अन्य २०५ जना डिस्चार्ज भएका छन् ।
यस्तै हालसम्म भुटानमा कसैको पनि मृत्यु भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?