३० मध्ये २२ यात्रुको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार हुँदै, ८ मृत घोषणा

काठमाडौं, २८ फागुन । यूएस बंगलाको विमान दुर्घटनामा परेका ३० यात्रुलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुर्याइएको छ ।दुर्घटनास्थलबाट उद्दार गरी अस्पताल लगिएका मध्ये ८ जनालाईए चिकित्सकले मृत घोषणा गरेका छन् भने बाँकी २२ जनाको उपचार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।अस्पताल परिसरमा यात्रुका आफन्तहरुको भीड लागेको छ भने त्यहाँ आफन्तजनको रुवाबासीले वातावरण स्तब्ध बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?