प्रधानसेनापति सेल्फ क्वारेन्टाइनमा

काठमााडैं । प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि सेल्फ क्वारेन्टाइनमा बसेका छन् । प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिवार कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टाइनमा बसेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्डअनुरुप उनी स्वास्थ्य सुरक्षा सजगता अपनाउंँदै क्वारेन्टाइनमा बसेको जानकारी दिइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?