कोरोना संक्रमित धेरै भएका १० शीर्ष देश

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ३१ लाख १८ हजार नाघेको छ । संक्रमितमध्ये ९ लाख ९९ हजार बढीको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
आइतबार रातिसम्म संक्रमित मध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । अमेरिकामा संक्रमितको संख्या ७२ लाख ८९ हजार नाघ्दा दोस्रो स्थानमा रहेको भारतमा संक्रमितको संख्या ६० लाख नाघेको छ।
यस्तै तेस्रो स्थानमा ब्राजिल, चौथोमा रसिया, पाँचौँमा कोलोम्बिया, छैटौमा पेरु, सातौँमा स्पेन, आठौँमा मेक्सिको, नवौँमा अर्जेन्जीना र दशौँ स्थानमा साउथ अफ्रिका रहेका छन् । विश्वभर महामारीको रुपमा रहेको कोरोनाभाइरसका कारण अर्थतन्त्र तहसनहस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?