इजरायली अभियानकर्मीले भने : ‘सिन्जियाङमा उइगरमाथि भएको दमनलाई यहुदीहरुले हेर्न सक्दैन’

काठमाडौं । चीनको सिन्जियाङमा अल्पसंख्यक उइगरहरुमाथिको चरम दमलाई विश्वभरबाट विरोध र आलोचना भइरहेको छ । इजरायली अभियानकर्मीहरुले पनि सामाजिक सञ्‍जालमार्फत चीनको सिन्जियाङमा उइगरमाथिको चिनियाँ दमन तत्काल रोक्‍न आग्रह गरेका छन् ।

एने डेस्टिनी १ नामक ट्विटरह्याण्डल भएका प्रयोगकर्ताले सामाजिक सञ्‍जालमा लेखेकी छन्, यहुदीहरुले चीनको सिन्जियाङमा उइगरमाथि भइरहेको चिनियाँ दमनलाई टुलुटुलु हेरेर बस्‍न सक्दैन । चीनको उक्त कदमको चर्को विरोध गर्दछौँ ।

उनले चीनको उक्त जातीय उत्पीडन र मानवअधिकारको उल्लंघनविरुद्ध इजरायल सरकारले पनि दबाब दिनुपर्ने बताएका छन् ।

सिन्जियाङमा १० लाखभन्दा बढी मुस्लिम उइगरहरुलाई गैरकानुनी हिरासतमा राखेको छ । त्यसैगरी महिलाहरुलाई यौन शोषण गर्ने गरेको र बाँझोपनको सिकार बनाउने गरेको विभिन्‍न अनुसन्धानहरुबाट खुलेको छ ।

उनले इजरायलका यहुदीहरुको सिन्जियाङको घटनाप्रति पूर्ण सचेत भएको र त्यस्ता घटनाको चर्को विरोध गर्ने बताएका छन् । उनीहरुले नाजी जर्मनीको जस्तो व्यवहार २१ औँ शताब्दीका मानिसहरुमाथि गर्नु गम्भीर गल्ती भएको बताएका छन् ।

उनले इजरायली जनताले चीनलाई दबाब दिनका लागि एकजुट भएर आवाज उठाउनुपर्ने आग्रह गर्दै मानवअधिकारको पक्षमा इजरायली जनता एकजुट हुनेसमेत बताएकी छन् ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?