राष्ट्रपतिसमक्ष युरोपियन युनियनका राजदूतबाट ओहदाको प्रमाणपत्र पेश

काठमााडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष युरोपियन युनियनका राजदूतले एक विशेष समारोहबीच आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

युरोपियन युनियनका राजदूत नोना डेप्रेजले राष्ट्रपति भवन, शीतलनिवासमा आज (आईतवार) ओहदाको प्रमाणपत्र पेश गरेकी हुन् ।

ओहदाको प्रमाण्पत्र पेस गर्दै उनले भनिन्, नेपालका लागि युरोपियन युनियनको राजदूतका रुपमा जिम्मेवारी सम्हाल्न पाउदाँ म निकै हर्षितछु र गौरवान्वित महसुस गरिरहेको छु ।

”म नेपाललाई हेर्न-बुझ्न, नेपाली जनतालाई भेट्न रनेपाली संस्थाहरु एवं नागरिक समाज, नीजि क्षेत्र, मिडिया, अन्तर्राष्ट्रिय साझेदारहरु र सम्बद्ध सबै राजनीतिक, सामाजिक र आर्थिक सरोकारवालाहरुसँग मिलेर काम गर्न उत्साहित छु,” उनले थपिन् “नेपाल र युरोपियन युनियनबीच चार दशकभन्दा लामो कूटनीतिक तथा मित्रवत सम्बन्ध रहि आएको छ । कोरोनाको महामारी, जलवायु परिवर्तन तथा बहुपक्षीयतमा पुगिरहेको जोखिम आदि
कारणहरुले गर्दा नेपाल र युरोपियन युनियनले विश्वव्यापी मुद्दाहरुमा मिलेर कार्य गर्नु अझ अत्यावश्यक भएको छ ।”

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/09/Final-Nepali-Press-Release_Credentials.pdf” title=”Final Nepali Press Release_Credentials”]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?