प्रधानमन्त्री ओली र गृहमन्त्री बादल पुगे विमानस्थल

काठमाडौं, २८ फागुन । अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विमानस्थल पुगेका छन् ।प्रधानमन्त्री ओली, गृहमन्त्री थापासँगै उद्योगमन्त्री मातृका यादव पनि विमान दुर्घटना स्थल पुगेका छन् ।दुर्घटनाग्रस्त विमानमा चालक दलका ४ सदस्यसहित ६७ जना सवार थिए ।सोमबार दिउँसो बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो । अहिले उद्दार कार्य जारी छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?