बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको घटनास्थलमा नै मृत्यु

काठमाडौं – पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा- १ स्थित दुधौरा पुल नजिकै बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश न. २-०३-००४ प ४४४२ नम्बरको स्कुटीलाई आज (आइतबार) साँझ ठक्कर दिँदा बाराको निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?