महिला क्रिकेटर एलिसाले तोडिन् धोनीको विश्व रेकर्ड !

काठमाडौं । अस्ट्रेलियाली महिला क्रिकेट टीम अहिले आफ्नै देशमा न्यूजिल्याण्डविरुद्ध टी २० इन्टरनेशनल सीरिज खेलिरहेको छ । तीन म्याचको सीरीजको दोश्रो म्याचमा अस्ट्रेलियाले जित हासिल गरेको छ ।

अस्ट्रेलियाले १६.४ ओभरमा २ विकेट गुमाउँदै १२९ रन बनाएर ८ विकेटको जीत निकालेको हो । आईतवार ब्रिस्बेनको एलन बोर्डर फील्डमा खेलिएको म्याचमा अस्ट्रेलियाली विकेट किपर एलिसा हीलीले विश्व रेकर्ड बनाएकी छन् ।

३० वर्षकी एलिसाले यस म्याचमा म्याच विकेट पछाडि २ जनालाई आउट गरेर भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीको टी २० इन्टरनेशनल क्रिकेटमा सर्वाधिक आउट गराएको रेकर्ड तोडेकी हुन् ।

धोनीले विकेट किपिङ गरेर ९१ जनालाई आउट गराएका छन् । जसमा ५७ क्याच र ३४ स्टम्पिङ सामेल छन् । हीलीले कीवी क्रिकेटर लोरेन डनको क्याच समातेर धोनीको कीर्तिमानी तोडेकी हुन् ।

उनले ९२ जनालाई आउट गराएकी छन् । जसमा ४२ क्याच र ५० स्टम्प छन् । इंग्ल्याण्डकी सारा टेलर ७४ आउट गराउँदै दोश्रो स्थानमा छिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?