एशियाली राजमार्गसँग नेपालको पहुँच विस्तार

काठमाडौं । अब नेपाली राजमार्ग एसियाली राजमार्गसँग जोडिएका छन् ।

भारतसँग नेपालको सीमामा रहेको मेची नदीमा चार लेनको पुल निर्माण भएसँगै ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको हो ।

पछिल्लो समय एसियाली मुलुकबीच सडक सञ्जाल जोडेर निर्वाध रूपमा आवतजावत तथा व्यापार गर्न पाउने अवधारणाअन्तर्गत यस्तो विस्तार भएको छ ।

७९० मिटर पुलको लम्बाइ भएको सो पुल निर्माणको लागि एसियाली विकास बैंक (एडीबी) ले सहयोग गरेको थियो । मेची पुलसँगै नेपालतर्फ डेढ किलोमिटर ‘एसियन हाइवे एप्रोच रोड’ समेत निर्माण गरिएको छ ।

मेची नदीमा पुल निर्माण भई सञ्चालनमा आएसँगै अब नेपालको पहुँच ए क्लासको ‘एसियन हाइवे’ सँग हुने सडक विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?