हेर्नुहोस् २०७७ साल असोज १२ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ साल आश्विन १२ गते । सोमवार । इ.स.२०२० सेप्टेम्बर २८ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । नेपाल संवत् ११४० । अधिक आश्विन शुक्लपक्ष ।

तिथी–द्वादशी,२१ बजेर ४५ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–धनिष्ठा,२४ बजेर २८ मिनेट उप्रान्त शतभिषा । योग–धृति,२२ बजेर ०८ मिनेट उप्रान्त शूल । करण–बव,०९ बजेर ३४ मिनेट उप्रान्त बालव,२१ बजेर ४५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–मकर,११ बजेर ५६ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ५ बजेर ५५ मिनेटमा, सूर्यास्त १७ बजेर ५१ मिनेटमा । दिनमान ३० घडी ५० पला । पञ्चक आरम्भ । रेबिजरिुद्धको दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आम्दानीका विभिन्न स्रोतहरु फेला पार्न सकिनेछ । सानो पूँजीबाट व्यापार शुरु गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउँको भ्रमण गरी दिनलाई फलदायि बनाउनेछन् । अध्ययनमा थोरै मेहनेतले राम्रो सफलता हात पार्न सकिनेछ । अग्रहरुको धन तथा सम्पत्तीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिहानको समय राम्रो रहेकोले छोटो दुरिको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ । मध्यान्हबाट समय मध्यम रहेकोले व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल भने ढिलामात्र प्राप्त हुनेछ । सरकारी साधन स्रोतको प्रयोग गर्दा ध्यान दिनुहोला काम बिग्रने हुनाले जरिवाना तिर्नु पर्ने हुन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरीने लगानीबाट भविष्यमा राम्रो नाँफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ । प्र्रेमील जोडीहरुका लागी समय उत्तम रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा आफैँतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले गोप्य रिपोर्टहरु बाहिर आउने तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाब सिर्जना हुने योग रहेको छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बिहानको समय राम्रो रहेकोले विद्या तथा खोजमुलक क्षेत्रमा चासो बढ्नाले भनेजस्तो नतिजा प्राप्त गर्न सकिनेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाइकै पक्षमा हुनेछन् । आफन्त तथा मामा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले भौतिक सम्पत्तीको प्रयोग गर्दा ख्याल गर्नुहोला । यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफूतिर नै ल्याउन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यवसायबाट मनग्गे आम्दानी हुनेछ । प्रेममा रमाउन चाहनेहरुको लागि समय उत्तम रहेको छ । मध्यान्हबाट समय मध्यम रहेकोले व्यापार व्यवसायमा मन्दी आउने समय रहेको छ । अवसरवादीहरुको चंगुलमा परिनेछ ध्यान दिनुहोला । न्यायालयबाट न्याय पाउन कठिन रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाफामुलक व्यवसाय भन्दा सेवामुलक व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जाँदा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपाहार तथा भौतिक सम्पत्ती प्राप्त हुनेछ । अदालती निर्णयहरु तपाईकै पक्षमा सम्पादन हुनेछन् ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिहानको समय राम्रो रहेकोले कृषि,पशुपालन तथा सहकारीजस्ता क्षेत्रको व्यवसाय फस्टाएर जाने हुनाले आम्दानी बढाउन सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा प्राप्त गर्न सकिनेछ । मध्यान्हबाट राज्यको मेकानिजम् भित्र बसेर का गर्नेहरुका लागी समय मध्यम रहेकोले आलोचना हुनेछ । माया प्रेममा मनमुटाब बढ्नेछ भने आफन्त तथा घर परिवारसँग टाडा हुने समय रहेको छ । घर जग्गा तथा सवारी साधनको कारोवार गर्दा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बिहानको समय राम्रो रहेकोले पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैृतिर ल्याउन सकिनेछ । मध्यान्हबाट असजिलो परिस्थितीमा साथ दिनेहरु कमै भेटिनेछन् । कुनै पनि काम गर्दा नियम संगत गर्नुहोला,बलजफ्ती गर्दा समस्या आउन सक्छ । बन्धुबान्धबहरुसँग मनमुटाव बढ्ने तथा छिमेकीहरुसँग विवाद हुने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

तपाईले शुरु गरेको काममा आफन्त तथा कुटुम्बको सहयोग प्राप्त हुनेछ । पारिवारीक माहोलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैँतिर ल्याउन सकिनेछ । माया प्रेममा शंका उपशंकाहरु हट्दै जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ लगानीको अवसर आउनेछ । ईमान्दारिता र मिहेनतले आत्म विश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यतित गर्न पाउँदा मन हर्षित हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बिहानको समय राम्रो रहेकोले नोकरि तथा कार्यक्षेत्रमा तपाईको प्रस्तुती गहन हुनेछ । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृढ हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । तर पनि लामो दुरिको यात्राको प्रशस्त सम्भावना रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?