नेपाली कांग्रेस र युवा

सुशान्त आचार्य । काठमाडौं । नेपालको राजनीतिमा लामो समय सङ्घर्ष गरेको ,राणा ,पञ्चायत र शाही शासन विरुद्धमा लोकतन्त्रको पक्षमा अनवरत गरेको पटक पटक सरकारको नेतृत्व गरेको पार्टी नेपाली काङ्ग्रेस १४ औँ महाधिवेशनको सम्मुखमा छ ।

महाधिवेशनमा कांग्रेस जाँदै गर्दा अबको मुद्दा कांग्रेसको के हो ? भनेर यत्र ,तत्र सर्वत्र चर्चा हुन थालेको छ ।

यहि बिचमा कांग्रेस भित्र युवाको भूमिका र अवस्था बारे सर्वत्र प्रतिप्रश्न खडा हुने गरेको पनि छ ।संयुक्त राष्ट्र संघले मान्यता दिएको १६(२४ र नेपाल सरकारले मान्यता दिएको १६(४० को उमेर समूहको उपस्थिति एकाध बाहेक शून्य सरि नै छ नेतृत्व तह र पङ्क्तिमा । अपवादका रुपमा एकाध व्यक्ति बाहेक तल्लो तहेखि माथिल्लो तहसम्म क्रियाशील सदस्य देखि केन्द्रीय समिति सम्म उपस्थिति न्यूननै छ ।

सर्वमान्य नेता वीर गणेशमान सिंहले ‘राजनीति आफ्नो निम्ति हैन आगामी पुस्ताका निम्ति गर्नु’ भन्ने पङ्क्ति हाम्रो नेताहरुले कतिको महसुस गर्नुभयो त्यो आफ्नो ठाउँमा छ तर यथार्थमा हाम्रो नेताहरुले अर्को पुस्ताका निम्ति भन्दानि आफ्नै निम्ति राजनीति गरिरहेको देखिन्छ ।

आगामी पुस्ता अर्थात हाम्रो पुस्ताकालाई म सहित एकाधलाई छाडेर हेर्ने हो भने वर्तमान राजनीति र राजनीतिकर्मीका भिडमा एकाध बाहेककालाई छाडेर वितृष्णा छ र नेताका नाम सुन्नासाथ कुदृष्टि र मुख बिगारिहाल्छन् । यो सबै हाम्रो नेतृत्वको क्रियाकलापबाट भएको हो ।

गणेशमानजीले भन्नु भएकोझैँ हाम्रो नेताहरुले अर्को पुस्ताका निम्ति राजनीति गरिदिनुभएको भए आज मेरा साथीहरू पनि नेताहरुको नाम सुन्ना साथ ओठमा मुस्कान लिएर ,सम्मान पूर्वक श्रद्धा गरेर शिर ठाडो बनाउथे होला तरपनि समय छ अब नेतृत्व सच्चिनपर्छ र नेताहरु सच्चिएर युवाको आवाज सम्बोधन गर्नैपर्छ ।

कांग्रेस पार्टीको स्थापनाका समयमा विपि ,सुवर्ण शमशेर ,गणेशमान ,किसुनजी सहितका नेताहरु युवा वयस्क हुनुहुन्थ्यो । उहाँहरु आफूपनि युवा भएकै कारण लहर ल्याउनुभएकै हो । वर्तमान समयमापनि विपिहरुसँगै राजनीति गर्नुभएका नेतृत्व आज पनि सक्रिय हुनुहुन्छ यसलाई सुखद् पक्षनै मान्नुपर्छ । तर उहाँहरुले आफ्नो ढर्रा ,कार्यशैली,गति र विवेकलाई समयसापेक्ष परिवर्तन गर्दै समयको बेगसँगै हिड्सक्नुपर्छ र आफूलाई परिवर्तनको पक्षपाती हुँ भनेर उभ्याउन सक्नपर्छ ।

गत सम्पन्न महासमिति बैठकले नेपाली कांग्रेस पार्टीको विधान संशोधन सहित पारित गर्यो । विधान संशोधन सहित पारित हुँदै गर्दा विभिन्न जाती ,जनजाति , क्षेत्र र समुदायको सवालमा आ आफ्नो स्वार्थ वा निस्वार्थ रुपमा आफ्नो पक्षमा रहन तल्लिन भए । तर त्यहाँ युवाको प्रतिनिधित्वका सवालमा सबै तै चुप मै चुप तर्फ लागे तर विधान संशोधनका निम्ति पार्टीले गठन गरेको समितिका दुई पात्र जो अपवादका रुपमा रहे, ती हुन् नविन्द्रराज जोशी र प्रदीप पौडेल । जस्ले तल्लो तहदेखि माथिल्लो तहसम्म युवाका अवसरका निम्ति आवाज उठान गरे तर अफ्सोस त्यही समितीमा रहेका अन्य सदस्यको असहमतिले त्यो विधानमा लिपिबद्ध भइ कार्यान्वयन हुन सकेन ।

उक्त समितिमानै रहेका केही सदस्यले खुलेआम उक्त प्रस्तावको विरोध गरेको म आफैँले सुनेको हुँ । जब सम्म युवाको उपस्थिति निर्णय तहमा हुँदैन तबसम्म युवाका सवाल र मुद्दामा मात्र सिमित रहनेछन् र नेताहरुको प्रयोग मात्र गरिरहनेछन् । त्यतिमात्र हैन आफूलाई युवाका ठेगेदार हुँ भन्नेले सामाजिक सञ्जालबाट ठूलो क्रान्ति त गर्नेछन् तर प्रतिनिधितब शून्यनै भएसि उक्त युवाका सवाल र मुद्दा कांग्रेस भित्र कागजमा मात्र सिमित रहला भन्न सकिन्न ।

नेपाली कांग्रेस पार्टीभित्रका युवाका सवालमा आशा गर्ने अवस्थापनि छैन ।खासगरी २०४८ पछि सुरुभएको विचलनको यात्राबाट हालसम्मको युवापङ्क्ति पार्टी नेतृत्वबाट दण्डित भइरहनु परेको छ ।किसुनजीको अन्तर्घात ,मध्यावधि र गैरकानुनी क्रियाकलापमा संलग्न भएर पारेको दूषित क्रियाकलापको छाप आजसम्मपनि जिवितनै छ ।

आमरुपमा हाल नेविसंघको ,तरुण दलको सङ्गठन निर्माण र सङ्गठन सुदृढीकरणमा कसैको दृष्टि नपुगीरहेकोनैछ ।कोभिड १९ को महामारीले विश्व आक्रान्त छ तथापि कोभिड एउटा बाहना होला तरपनि पार्टी नेतृत्वको दृष्टि युवासम्म पुगेकै छैन एकाध नेता नविन्द्रराज ,चन्द्र ,गगन,प्रदीप ,विश्वप्रकाश,धनराज कल्याणहरुमा आशा देखेर कांग्रेस पच्छाइरहेको अवस्था मैले मेरा मित्रहरुबाट पाउछु ।

काङ्ग्रेसको आम नव मतदाता अर्थात मेरो पुस्तासम्म पुग्ने ढोका बन्द गरेको छ र भन्छ आगामी निर्वाचनमा पहिलो पार्टी बनाउला रे । तरपनि नेतृत्वको मगजमा हामी उक्त पुस्तासम्म कसरी पुग्ने भन्ने न त कार्ययोजनानै छ नत भिजननै एकअर्कामा हिलो छ्याप्न र नेतृत्व हत्याउने भन्दा अन्य दाउमा नेतृत्वको दृष्टि परेको छ जस्तो मलाई लाग्दैन ।

अब काङ्ग्रेस सच्चिन पर्छ नेतृत्वले स्ट्रिरिङ परिवर्तन गर्दे गर्दै कार्यकर्ता र युवा र मतदाताको मुद्दामा आफ्नो छुट्टै धारणा बनाउँदै अघि बढेमा मात्र आगामी निर्वाचनमा जित हासिल होला अन्यथा नियति उहीँ होला भन्ननि सकिन्न ।

अबको कांग्रेस सबैको काङ्ग्रेस सबैको प्रतिनिधित्व र आवाज बोक्ने कांग्रेस बन्न सकोस् ।

(यो लेखकको निजी बिचार हो )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?