४० वर्षीया चर्चित जापानी अभिनेत्री युकोको निधन

काठमाडौं । जापानी अभिनेत्री तेकउची युकोको निधन भएको छ।

उनको टोकियोस्थित आफ्नै निवासमा निधन भएको हो। ४० वर्षीया अभिनेत्रीको अचानक भएको निधनबारे अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीको प्रारम्भिक रिपोर्टमा उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको हो।

उनले सन् २००४ देखि २००७ सम्म जापानीज एकाडेमी अर्वाडमा लगातार उत्कृष्ट अभिनेत्रीको उपाधी जितेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?